अनेरास्ववियू क्रान्तिकारी कास्कीमा दुई समिति घाेषणा





पाेखरा । अनेरास्ववियू (क्रान्तिकारी ) कास्की जिल्लाको शनिवार भएकाे २३ औं जिल्ला सम्मेलनबाट दुई समिति घाेषणा भएकाे छ । सुमन सुबेदीकाे अध्यक्षमा ४१ सदस्सीय समिति घाेषणा गरिएकाे छ भने शुदर्शन पराजुलीको नेतृत्वमा ४९ सदस्यीय अर्काे समिति घाेषणा भएको छ ।

सुबेदी अध्यक्ष भएकाे समितिकाे उपाध्यक्षमा प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भएका छन् भने सचिवमा मनिष तामाङ, सहसचिवमा दिनेश गुरुङ, महेश घर्ति मगर, विदुर तिमल्सिना र काेषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ ।


त्यसैगरी पराजुली नेतृत्वकाे समितिकाे उपाध्यक्षमा सुमन अर्याल, वाशुदेव पौडेल, विना बराल, सचिवमा दामोदर भुषाल, सहसचिवमा आयुष अधिकारी, राजन अधिकारी र कोषाध्यक्षमा वन्दना सुनारलाई चयन गरिएकाे छ ।

सुवेदी नेतृत्वकाे अधिवेशन अमरसिंह मा वि मा भएकाे भने पराजुली नेतृत्वकाे अधिवेशन डब्लू आर सि मा भएकाे थियाे ।



सम्बन्धित
Loading...