नवलपुरमा बसकाे ठक्करबाट २ जनाकाे मृत्यु



रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरकाे गैडाकाेटमा अहिले राति बसकाे ठक्करबाट २ जना मृत्यु भएकाे छ ।



गैडाकाेट १० भैसाखाेरीमा गैडाकाेटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा २ जनाकाे मृत्यु भएकाे हाे ।

बसकाे ठक्करबाट गैडाकाेट ११ निवासी पुष्पराज श्रेष्ठका ७ बर्षीय छाेरा विशाल श्रेष्ठकाे घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले बताए ।




त्यसैगरी बसकाे ठक्करबाट गम्भीरू घाईते बालकका मामाघरका हजुरआमा स्याङ्जा जिल्ला निवासी ५५ बर्षीया श्रीमाया मानन्धरकाे पनि उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएकाे छ ।

ठक्कर दिने सवारी साधन र चालक कावसोती २ बस्ने बर्ष ४० को मधू पौडेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...