अपाङ्गता भएका बालबालिकालाई खाना खुवाएर स्थापना दिवस मनाए





सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरले विविध कार्यक्रम गरी आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ ।

मौलाकालिका अपांग सेवाकेन्द्र कावासोती– ८ मा रहेका १८ जना अशक्त (फरक क्षमता भएका) बच्चाहरुलाई खाना खुवाएर यसपटकको स्थापना दिवस मनाइएको समाजका अध्यक्ष डा नरनाथ पाण्डेले जानकारी दिए ।


अनावश्यक तामझाममा कार्यक्रममा खर्च गरेर नाटक देखाउनु भन्दा असहाय व्यक्तिको सेवा गर्नमा गौरव महसुस् गरी फरक ढंगले दिवस मनाइएको उनको भनाइ छ ।

डा नरनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व न्यायाधीश ऋषि अधिकारी थिए भने विशेष अतिथि संस्थापक अध्यक्ष युक्तप्रसाद गौडेल रहेका थिए ।



सम्बन्धित
Loading...