गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता





नवलपरासी । पश्चिम नवलपरासीमा गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार आज साँझ साढे ५ बजेतिर गण्डक नहरमा नुहाउने क्रममा बालक वेपत्ता भएका हुन् ।


पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ७ सूर्यपुरा निवासी अनवर देवनका १० बर्षीय छोरा अस्लाम देवन घर नजिकै रहेको गण्डक नहरमा नुहाउने क्रममा वेपत्ता भएका हुन् ।

उनको खोजी कार्य चलेको र अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...