कावासोतीका विद्यालय आज विदा





कावासोती । नवलपुर जिल्लाको कावासोतीका विद्यालय आज विदा गरिएको छ । कावासोती नगरपालिकाले सूचना जारी गरेर आज विद्यालय विदा गरिएको जनाएको हो ।

आज कावासोती भित्र रहेको सबै शैक्षिक संस्थामा विदा गरिएको र परीक्षा चलिरहेका सामुदायिक विद्यालयको आजको परीक्षा नियमित परीक्षा सकिएको भोलिपल्ट गर्ने सूचनामा उल्लेख गरिएको छ ।


नेपाल सरकारले हिजो नै देश भरका परीक्षा तत्काल केही दिनलाई स्थगन गर्ने निर्णय गरेको थियो भने सबै स्थानीय तहलाई विद्यालयहरु विदा गर्न अनुरोध गरेको थियो ।

निरन्तरको बर्षाले बाढी पहिरो, कटान लगायतका जोखिम कायमै रहेको भन्दै सरकारले शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको थियो ।

नवलपुरको कावासोती १७ मा रहेको नारायणी प्रावि डुबानमा परेको छ भने कावासोती १०, १५ र १७ का नारायणी नदी तटीय क्षेत्र अझै पनि डुबानमा रहेको छ ।



सम्बन्धित
Loading...