दलदलेमा सामनाको सांस्कृतिक कार्यक्रम


नवलपुर । सामना परिवारको आयोजनामा नवलपुरको दलदलेमा समाजवादका लागि सामना सांस्कृतिक अभियान नामक कार्यक्रम गरिएको छ ।

सामना परिवारको आयोजनामा भएको कार्यक्रम विप्लप निकट नेपाल कम्युनिष्ट पार्टी नवलपुरका इन्चार्ज पदम केसी जुझारुको अध्यक्षतामा भएको थियो ।

कार्यक्रम जनवादी कलाकार माइला लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पूर्व मन्त्री मणि थापा, कलाकारहरु रमण थामी, आरोह नेपाली, केशर कालीकोटे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरे, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, माओवादी केन्द्र वैकल्पिक केन्द्रिय सदस्य बालकृष्ण रानाभाट, माओवादी केन्द्रका जिल्ला इन्चार्ज धनप्रसाद सापकोटो, नेपाल सामाजवादी पार्टी नवलपुरका अध्यक्ष कृष्ण गौतम, नवलपुरका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा पूर्व माओवादी पार्टी एकताको आवश्यकता औलाएर कार्यक्रम देखाइएको थियो । साथै सामना परिवारको विभिन्न सांस्कृतिक कार्यक्रम र नाटक मञ्चन गरिएको थियो ।

सामना परिवारले दशैं अगाडि बुटवल, चितवन, कपिलवस्तु लगायतका स्थानमा कार्यक्रम गर्ने जनाएको छ ।



सम्बन्धित
Loading...