नवलपुरमा २ बोरा पटेका र कपडा बरामद





नवलपुर । नवलपुर प्रहरीले गएराति २ बोरा पटेका र २ बोरा कपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको पटेका र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


गएराति कावासोती १६ चालिसकिलो जंगलमा चकेजाँचको क्रममा लु २ ख ६३८८ नम्बरको बसको सिटमुनी

लुकाई छिपाई राखेको अवस्थामा २ बोरा पटेका र २ बोरा कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...