सबै सहकारी उस्तै हुन भन्ने गलत भाष्य सिर्जना भयोः सरकारी मन्त्री जिसी



नवलपुर ।


गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले जसरी प्रचार प्रसार भएको त्यसरी सबै सहकारी नविग्रिएको बताउनुभएको छ ।

उहाँले एकाध दुई सहकारीहरु विग्रिएको स्वीकार गर्र्दै सबै सहकारी उस्तै हुन भन्ने जुन भाष्य सिर्जना भएको छ । त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।



आज नवलपुरको कावासोती स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बनाउनुभएको हो ।

मन्त्री जिसीले महिलाको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले समाजमा सहकार्यको भावना जागृत गर्दै संगठित भएर पुँजीको सही परिचालन गर्दै आएका सहकारीले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याएको बताउनुभयो । उहाँले प्रदेश सरकारले सहकारीका अवस्थालाई नजिकबाट निहाल्न कर्मचारीहरु खटाएको पनि बताउनुभयो ।
मन्त्री जिसीले सहकारीलाई कृषि उद्यमसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य विन्दु पहाडीले सहकारी संकटमा भएको बेला सबै मिलेर बचाउनु पर्नेमा जोड दिनुभयो । यहाँका कतिपय सहकारीहरु राम्रो भएको आफूले पाएको बताउँदै आफूलाई अप्ठेरामा परेको बेला सहयोग गरेको सहकारीलाई अप्ठेरा परेको बेला बचाउनु पर्नेमा जोड दिनुभयो ।

कालीगण्डकी सहकारीको साधारण सभामा जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्तला लम्साल, विभिन्न सहकारीका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बाल वचतकर्ता लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष हरिप्रसाद ढुंगानाको अध्यक्षतामा तथा सचिव रेशमलाल चापागाईको सञ्चालनमा भएको थियो ।

२ हजार १ सय १७ जना सदस्य रहेको कावासोती ८ को कालीगण्डकी वचत तथा ऋण सहकारी संस्थाले कावासोती, देवचुली, मध्यविन्दु र हुप्सेकोटलाई कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेको छ ।

 

 


सम्बन्धित
Loading...