कावासोतीको फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग
नवलपुर । नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
रास्वपा नगर सभापति मोहन बस्नेतको नेतृत्वमा गएको टोलीले कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै फोहोर व्यवस्थापनमा गम्भीर हुने आग्रह गरेका हुन् ।
फोहोर संकलनको नाममा शुल्क उठाउने काम भईरहेको तर फोहोर उठाउने काम भने नभएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यसैगरी तत्काल फोहोर संकलन कार्यलाई उचित ढंगले व्यवस्थापन नगरे कावासोतीमा सरुवा जस्ता रोगको संक्रमण बढ्न सक्ने भएकोले यसलाई गम्भीर भएर व्यवस्थापन गर्न राप्रपाले नगरपालिकालाई आग्रह गरेको हो ।