दाँत निकाल्ने क्रममा आँखा निस्केका विरामीको काठमाडौंमा उपचारको क्रममा मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर दुम्किबासको एउटा डेण्टलमा दाँत निकाल्ने क्रममा आँखा निस्किएको भनिएको एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ३ ढविया निवासी होस थापा मगर भन्नेको आज उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतबाट जानकारी आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
प्रहरीले घटनाको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएपछि घटनाको बारेमा थप बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दुम्किबासमा रहेको डेन्टलले डाक्टर आउँदै छ भनेर उपचार शुरु गरेको र उपचारको क्रममा लापरवाही भएको भन्दै पालिकामा उजुरी परेको बताए ।
प्रहरीले डाक्टर पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढाउने जनाएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले यस विषयमा आफूले बुझ्ने काम भर्ईरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले उक्त डेण्टल, उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, आदिको बारेमा प्रशासनले अनुगमन गरेर थप निष्कर्षमा पुग्ने बताए ।