नारायणीमा वेत्ता दुई दाजुभाई मृत फेला




रामकुमार श्रेष्ठ –
नवलपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुवै जना बालकको शव फेला परेको छ । मंगलबार दिउँसो मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उनीहरू दाजुभाइका छोरा हुन् र अन्य पाँच जना साथीसँग नारायणी तथा अरुणखोलाको संगमस्थल उल्टी दोभानमा नयाँ बर्षको अवासर पारेर ड्राइ पिकनिक खान नारायणी नदी पौडी खेल्न गएका थिए ।



उक्त घटनामा १४ वर्षीय प्रज्वल पौडेलको शव हिजो फेला परे थियो भने १५ वर्षीय विजय पौडेल शव आज फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

आज फेला परेको बालक बिजय पौडेलको शब घटनास्थलदेखि ३ कि.मि. पश्चिम तर्फ नारायणी नदीमा फेला परेको हो । उनको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा खोजी गरिएको थियो ।


सम्बन्धित
Loading...