दुम्किबास विनयी खोलाको डाइभर्सन बगायो, पूर्वपश्चि राजमार्ग अवरुद्ध
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको दुम्किबासमा पर्ने विनयी खोलाको डाइभर्सन बगाएको छ ।
आज एक्कासी आएको बाढीले विहान ८ बजे डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार हल्का सवारी साधन तथा यात्रुवाहक बसलाई होङसी सिमेन्ट जाने गेटबाट वैकल्पिक बाटो प्रयोग गरेर पठाइएको छ भने ट्रक तथा हेबी लोड सवारी साधनलाई अरुणखोलामा राखिएको छ ।
डाइभर्सन बनाएर बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।