नेवाः देय दबू आठौं महाधिवेशनः चितवनका राजभण्डारीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

नवलपुर ।
जेठ २ देखि ४ गतेसम्म नवलपुरको कावासोतीमा हुने नेवाः देय् दबूको आठौं महाविधेशनमा चितवनका
चन्दलाल राजभण्डारीले केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार नवलपुरको कावासोतीमा अधिवेशनको लागि आयोजना गरिएको नेवाः देय् दबू नवलपुरको तयारी भेलामा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले नेवाः देय् दबूको केन्द्रिय अध्यक्ष सधैं काठमाडौं भित्र मात्रै हुने प्रचलन रोक्नका लागि पनि उम्मेदवार बन्न लागेको बताए ।
राजभण्डारी अहिले नेवाः देय् दबूका बरिष्ठ केन्द्रिय उपाध्यक्ष हुन् ।
त्यसैगरी नवलपुरको अरुणखोला निवासी हरिकुमार श्रेष्ठले भुगोलबाट केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिनु घोषणा गरेका छन् । उनी अहिले पनि केन्द्रिय उपाध्यक्ष हुन् ।
त्यसैगरी तनहूँका वसन्ता श्रेष्ठले महिला सचिवमा उम्मेवारी दिने घोषणा गरेका छन् । वसन्ता अहिले केन्द्रिय सदस्य हुन् ।
त्यसैगरी तनहूकै राजु श्रेष्ठले भुगोलबाट केन्द्रिय सदस्यमा उम्मेवारी दिने घोषणा गरेका छन् ।
यसैबीच आज नेवाः देय् दबू नवलपुर र नेवाः देय् दबू गण्डकी प्रदेशको कावासोतीमा बसेको वैठकले जेठ २ गतेदेखि जेठ ४ गतेसम्म हुने महाधिवेशन भव्य र सभ्य रुपमा सफल पार्ने निर्णय समेत गरेको छ ।

