११ घण्टा पछि दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायवव उपरीक्षक विरदत्त पन्तका अनुसार सडक भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको हो ।
बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ ।
त्यहाँ गएराति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो ।
केही दिनअघि मात्रै नयाँ पिच गरिएको उक्त सडक वर्षापछि उप्किएको थिया भने करिब ८ मिटरजति सडक भाग भासिएको हो ।
