बाढीको कारण दुम्किबासमा सडक अवरुद्ध




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

विनयी खोलामा एक्कासी आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा दिउँसे साढे ४ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




डाइभर्सन बगाएपछि दुवैतर्फ सडक अवरुद्ध भएको छ । डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक सवारी साधन र हल्का सवारी साधनलाई होङ्सी गेटबाट सर्दीको भित्री बैकल्पिक बाटो प्रयोग गरी डाईभर्सन गरिएको तथा मालवाहक सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

डाईभर्सन मर्मतको लागि समन्वय भईरहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

 



सम्बन्धित
Loading...