गैडाकोटमा विद्यालयको भवनमा आगलागी, १५ लाखको क्षति

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ शिलान्यास चोकमा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालयको भवनमा आगलागी भएको छ ।
विद्यालयको नाममा रहेको भवन भाडामा लिई निर्मला गिरीले सञ्चालन गरेको नेचुरल ब्युटी पार्लरमा आगलागी भएको हो । आज दिउँसो सवा १२ बजेतिर आलगागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ब्युटी पार्लरमा रहेको पूजाको लागि बालेको धुपबाट अचानक आगालगी भएको जनाएको छ । आगो करिब आधा घण्टामा दमकल, प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट मानवीय क्षति नभएको र भवन र व्युटी पार्लरका सामनहरु जलेर क्षति भएको छ । आगलागीबाट १५ लाख बराबरको धनमाल जलेर क्षति भएको नवलपुर प्रहरीले जनाएको छ ।