गैडाको आक्रमणबाट नवलपुरमा एक जना घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहरीमा गएराति गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
राति पौने ९ बजेतिर बाटोमा हिडिरहेको अवस्थामा मध्यविन्दु २ सेहरी निवासी ४५ बर्षीय रेशमलाल महतोलाई एक्कासी गैडाले आक्रमण गरेको हो ।
गैडाको आक्रमणबाट भाइते महतोलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको छ ।
उनको दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।