नवलपुर सहित देशभर सुनचाँदी व्यवसायीको आन्दोलन जारी, व्यवसाय ठप्प पार्ने चेतावनी
नवलपुर ।
सरकारले सुनलाई विलासिताको वस्तुमा राखेर विभिन्न कर लगाएको भन्दै आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीहरुको आन्दोलन आज पनि जारी रहेको् छ ।
सुनचाँदी व्यवसायीहरुले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेर आन्दोलन गरेका छन् ।
सरकारले हालै बजेट भाषणमा सुन चाँदी व्यवासयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका हुन् ।
सुनको भन्सार ६ प्रतिशत कायम गर्न समेत सरकारसंग उनीहरुले माग गरेका छन् ।
त्यसैगरी सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र १३ प्रतिशत भ्याट कर लागएको भन्दै यसलाई तुरुन्त खारेजी गर्न माग गरिएको सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य होम विश्वकर्माले बताए ।
सरकारले सुनमा करमाथि कर लगाएका कारण सुनचाँदी व्यवसाय चल्न नसक्ने भन्दै आफ्ना माग पुरा नगरिए सरकारलाई पसलको चापी बुझाएर व्यापार ठप्प पार्ने चेतावनी दिएका छन् ।