नवलपुरमा आगोले पोलेर पाँच जना घाइते




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा गएराति आगोले पोलेर ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगोले पोलेर कावासोती ८ निवासी ४४ बर्षीय प्रदिप कुमार भट्टराई, ४१ बर्षीया मीना पौडेल, ६ बर्षीय छोरी अन्न भट्टराई, २६ बर्षीय अषिम राना र २४ बर्षीय अनुप गुरुङ घाइते भएका छन् ।




घाइते सबैको अवस्था मध्यम रहेको छ भने बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार नवलपुरको देवचुली स्थित चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्दै गरेको कोइला उछिट्टिएर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शरिरका विभिन्न भागमा आगोले जलेको प्रहरीले जनाएको छ । घाइतेलाई देवचुली नगर अस्पताल, दलदलेमा सामान्य उपचार पश्चात थप उपचारका लागि कृतिपुर वर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...