दुम्किबासको विनयी खोलामा यात्रु सहितको बस फस्यो, बस भित्र कम्तिमा बालबालिका सहित ४५ जना यात्रु रहेको अनुमान




रामकुमार श्रेष्ठ –
नवलपुर ।
नवलपुरको दुम्किबासमा रहेको विनयी खोलामा एउटा बस खोलाको बीच भागमा फसेको छ ।

पूर्वबाट आउँदै गरेको बस फसेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । बस नम्बर खुलेको छैन । बसमा सवार ४० देखि ४५ जना खोलाको बीच भागमा बससँगै फसेका छन् ।



बसमा रहेका मध्ये २ जना पौडी खेलेर तरेर बाहिर निस्केको र बाँकी बसमै रहेको घटना स्थलमा रहेका प्रहरी जवान सूर्यबहादुर खड्काले जानकारी दिए । अहिले ३ वटा जेसिबीले फसेको बसलाई निकाल्ने प्रयास गरिरहेको उनले बताए ।

बसलाई खोलामा पानीका बहाब बढी रहेकोले नहाल्न भन्दा भन्दै हालेका कारण बस फसेको प्रहरीले जनाएको छ ।

विनयी खोलामा पुल भाँचिएपछि डाइभर्सन बनाएर सडक सञ्चालनमा आएको थियो । पछिल्लो ३ दिनदेखि पटक पटक डाइभर्सन बगाउँने र डाइभर्सन बनाएर पुन सञ्चालन गर्ने गरेको थियो ।



सम्बन्धित
Loading...