रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी




बुटवल । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ ।

विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएको छ ।



बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलले १० मिनेटमै आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीपएसपी इन्द्रबहादुर रानाले बताए ।

छिटो आगलागी नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षतिबाट जोगिएको उनले बताए ।

 

सबस्टेशन नजिकै बुटवल वडा नं १० र तिलोत्तमा २ को बस्ती छ । सबस्टेशनमा आगलागीपछि बुटवल र तिलोत्तमामा विद्युत् आपूर्ती बन्द भएको छ ।

विद्युत् आपूर्ती सुचारु हुन केही समय लाग्ने प्रहरीले बताएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।



सम्बन्धित
Loading...