नारायणी नदीमा हाम फालेका पुरुषको सकुशल उद्दार




रामकुमार श्रेष्ठ –
नवलपुर । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदी पुलबाट नदीमा हाम फालेको पुरुषको गएराति सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ ।

हिजो साँझ एक जना पुरुष पुलबाट हाम फालेर वेपत्ता भएका थिए ।




इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार हिजो साँझ करिब पौने सात बजेतिर एक जना पुरुष नदीमा हाम फालेर वेपत्ता भएका हुन् ।

पुलमा भेटिएको झोलामा रहेकोका कागज पत्र अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ साविक दुम्किबास ७ निवासी ४३ बर्षीय पुरुष गिरीराज कंडेल पुलबाट हाम फालेर वेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरीको टोलीले उनको गरेको थियो ।

उनको गएराति नै सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको हो ।



सम्बन्धित
Loading...