कावासोतीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे प्रहरीकोमा आत्मसमर्पण
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ ज्ञानोदय चोक नजिकै आज साँझ सवा ६ बजेतिर श्रीमानले श्रीमतीलाई चक्कु प्र्हार गरी हत्या गरेका हुन् ।
कावासोती ८ निवासी ४५ बर्षीय सूर्य प्रसाद पाण्डेले आफ्नै श्रीमती ४० बर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् ।
उनले आफ्नै घर भित्र श्रीमतीको हत्या गरेका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । उनको घटना स्थलमै मृत्यु भएको अनुमान गरिए पनि मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएपछि मात्र चिकित्सकले मृत घोषणा गरेपछि मात्रै प्रहरीले मृत घोषणा गरेको थियो ।
श्रीमान पाण्डेले श्रीमती पाण्डेको पेटमा चक्कु प्रहार गरेका थिए । घटना स्थलमा चक्कु समेत बरामद गरेको प्रहरीले जनाएको छ । घटना स्थल प्रहरीको सुरक्षामा राखिएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान सूर्य पाण्डे अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । श्रीमान र श्रीमती बीच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ ।