लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । तरुण दलका क्षेत्रीय सभापति सहित ४ जना हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घर आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ परेका छन् ।

गाउँपालिका महासंघका केन्द्रिय अध्यक्ष समेत रहेकी पाण्डे नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
नवलपुर हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे लगायत हुप्सेकोटको जनप्रतिनिधिहरुले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।




पक्राउ पर्नेमा कावासोती ८ निवासी अमित गिरी, कुमार दर्लामी, अविनाश काफ्ले र हुप्सेकोट १ निवासी कमल खनाल रहेका छन् । पक्राउ पर्ने नवलपुरको कावासोती निवासी अमित गिरी नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका क्षेत्रीय सभापति हुन् ।

यस अघि हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोड गर्ने ७ जनालाई पक्राउ गरिएको थियो । नवलपुरमा अहिलेसम्म जेनजी आन्दोलनमा पक्राउ पर्नेको संख्या ११ जना पुगेको छ ।



सम्बन्धित
Loading...