नवलपुरमा दुर्घटना, १ जनाको मृत्यु, एक घाइते

नवलपुर ।
नवलपुरको मध्यविन्दु नगरपालिका ८ गडार खोलामा बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज विहान सवा ४ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ८ गडार खोला नजिकै नारायणगढबाट बुटवल जाँदै गरेको बा।प्र।०२–०२२ प ८९५५ नं। को स्कुटरलाई बिपरित दिशाबाट आउदै गरेको सु.प्र.०२–००१ ख १३७१ नम्बरको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा परी स्कुटर चालक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ५ निवासी २६ बर्षीइ को शिबजी अगस्ती उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
त्यसैगरी सोही स्कुटीमा सवार उदयपुर गाइघाट निवासी २१ बर्षीया निरु शाह घाइते भएकी छिन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।