तिलक महत नवलपुर–२ का चालिसै वडामा प्रचार अभियानमा




नवलपुर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नवलपुर–२ का चालिसै वडामा प्रचार अभियान तीव्र बनाएको छ।

निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार अवधि सुरु गरेसँगै पार्टीका नेता–कार्यकर्ता गाउँ–टोलमा केन्द्रित हुँदै घरदैलो कार्यक्रमलाई व्यापक बनाइरहेका छन्।




एमालेका तर्फबाट नवलपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तिलक महतको पक्षमा प्रचारप्रसार अभियान तिब्र बनाएको नेकपा एमाले नवलपुरले जनाएको छ ।

घरदैलो भेटघाटका क्रममा उम्मेदवार महत स्वयं मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

नवलपुर २ एमालेको लालकिल्लाको रुपमा हेर्ने गरिन्छ । तेस्रो पटक निर्वाचनमा होमिएका महत यस पटक निर्वाचित भए प्रतिनिधि सभामा दोस्रो पटक प्रतिनिधित्व गर्ने छन् ।



सम्बन्धित
Loading...