नवलपुरका ३ स्थानीय तहको बेलैमा बजेट आउने सकेन, किन आउन सकेन बजेट यस्तो छ कारणहरु ?


 



कावासोती । ८ वटा स्थानीय तह रहेको पूर्वी नवलपरासीमा ८ मध्ये ५ वटा स्थानीय तहले असार १० अर्थात मंगलबार आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा पेश गरे भने बाँकी ३ वटा स्थानीय तहले भने सकेन ।
नवलपुरको गैडाकोट नगरपालिका, बौदीकाली गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट दुवै ल्याउन सकेन भने बुलिङ्गटार गाउँपालिकाले नीति तथा कार्यक्रम पास गरेको छ भने बजेट ल्याउन सकेको छैन ।




गैडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कडेँल विरामी भइ उपचारका लागि देश बाहिर गएर फर्कदा तयारी अभावका कारण तोकिएको समयमा बजेट ल्याउन नसकिएको हो ।
कंडेल सोमबार साँझ मात्र नेपाल आइपुगेको र नगरपालिकामा नीति तथा कार्यक्रम र बजेटको लागि तयारी भईरहेको गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए ।
पौडेलले केही विषयमा छलफल बाँकी रहेको र केही दिनमै नगरकार्यपालिकाको वैठक बसेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिने बताए ।

त्यस्तै वौदीकाली गाउँपालिकाले वडाहरुमा आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको हो ।
बौदीकाली गाउँपालिकामा वडाहरुले नै अझै योजनाहरुलाई पूर्णता दिन नसक्दा गाउँपालिकाको कार्यालयले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको बौदीकाली गाउँपालिकाका सूचना अधिकारी मिलन श्रेष्ठले बताए ।

वडाहरुमा बजेटका योजनाले पूर्णता पाउन नसक्दा १५ गते पछाडि मात्रै गाउँसभा हुने गाउँपालिकाका सूचना अधिकारी मिलन श्रेष्ठले वताए ।

त्यस्तै बुलिङटार गाउँपालिकाले पनि मंगलबार आफ्नो नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेकोे छ । गाउँसभाले शिक्षा, स्वास्थ्य, सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ । यद्यपी बजेटको अंक भने केहि समयपछि मात्रै सार्वजनिक गरिने भएको छ ।
वडाहरुबाट आउने विवरण आइसकेको र अन्तिम कामले पूर्णता पाउन वाँकी रहेकाले बजेटको अंक पछि सार्वजनिक गरिने उपाध्यक्ष मैना विकले जानकारी दिनुभयो ।
नवलपुरका अन्य स्थानीय तहहरुले भने नगरसभा तथा गाउँसभा सम्पन्न गरेका छन् ।
जसमा कावासोती नगरपालिकाले ८८ करोड २६ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै मध्यबिन्दु नगरपालीकाले आगामी आर्थीक बर्ष २०७६,७७ का लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको वजेट प्रस्तुत गरेको छ ।
यता देवचुली नगरपालिकाले ४९ करोड ७८ लाख १० हजारको बार्षिक बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै हुप्सेकोट गाउँपालिकाले ४७ करोड ६३ लाख ६७ हजार ६ सय ३ रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको प्राथमिकतामा हुप्सेकोट रिङरोड परियोजना परेको छ ।

उता विनयी त्रिवेणी गाउँपालिकाले पनि आर्थिक वर्ष २०७६,७७ को लागि वजेट प्रस्तुत गरेको छ । विनयी त्रिवेणीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालका अनुसार विनयी त्रिवेणी गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि ५२ करोड ८४ लाख ४९ हजारको बजेट पास भएको छ ।



सम्बन्धित
Loading...