कावासोती खानेपानीमा कसले मार्ला त बाजी

अर्जुन अविरल
कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भोलि हुने भएको छ । निर्वाचनका लागि तयारी पुरा भएको निर्वाचन मण्डलले जनाएको छ ।
कावासोती नगरपालिका भित्रको महत्वपूर्ण संस्थाको रुपमा लिइने कावासोती खानेपानी तथा सरसफाई संस्थाको आठौं नेतृत्वका लागी भोली हुने निर्वाचनका अन्तिम अवस्थामा पुगेको निर्वाचन अधिकृत गणेश प्रसाद सापकोटाले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
भोली हुने निर्वाचनमा कावासोती खानेपानी संस्थाका ६ हजार ६ सय ६५ जनाले मतदान गर्ने भएका छन् ।
आठौं नेतृत्वका लागि लेखा समिति ३ जना सहित १४ पदमा २८ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् ।
आठौं अधिबेशन तथा निर्वाचनका लागि ३ वटा केन्द्रको व्यवस्था गरिएको छ भने सबै मतदान केन्द्रमा ४ वटा बुथ रहेको छ । निर्वाचनमा ६० जना कर्मचारी परिचालन गरिएको छ भने १५ जना पर्यवेक्षकको व्यवस्था गरिएको छ ।
खानेपानीको अहिलेको निर्वाचनमा पहिलो पटक सबै कर्मचारी सरकारी कर्मचारीलाई परिचालन गरिएको छ । निर्वाचनमा कावासोती नगरपालिका, बार एशोशिएशनका सदस्य, सरकारी वकिलको कार्यालय र अदालतका कर्मचारी परिचालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए।
अहिलेबाट ३ स्थानमा मतदान केन्द्र तोकिएको छ जस अन्तर्गत कावासोतीको शिव मावि मा वडा नं २, ५ र ६ नं वडा रहेको छ भने शहिद स्मृति माविमा वडा नं ३ ज्ञानोदय माविमा वडा नं ८ र वडा नं ९ को केन्द्र कायम गरिएको छ ।
शिव मावि केन्द्रमा २३८७ जना मतदाता रहेका छन् । त्यस्तै शहिद स्मृति केन्द्रमा वडा नं ३ का सबै मतदाता मात्र रहने छन जस अन्तर्गत २२२५ जना मतदाताले मतदान गर्नेछन् ।
त्यसैगरी ज्ञानोदय मावि केन्द्रमा वडा नं ८ मा २०५३ जनाले मतदान गर्ने व्यवस्था मिलाईएको समेत वताईएको छ ।
मतदान विहान ८ बजे देखि शुरु हुने र दिउसो ४ बजे भित्र मतदान केन्द्र भित्र प्रवेश गरिसकेका लागि मात्र मतदान गर्न पाउने व्यावस्था गरिएको छ । मतदान केन्द्रबाट मत पत्र संकलन पश्चात लगतै मतगणना जारी गरीने समेत निर्वाचन अधिकृत गणेश सापकोटाले बताए।
मतदान केन्द्रलाई मिडिया मैत्री बनाउन र त्तकाल सुचना उपलब्ध गराउन विशेष व्यावस्था गरिएको छ भने पत्रकारलाई सम्वन्धित मिडियाको प्रेस कार्डबाट प्रवेशको व्यवस्था गरिएको छ ।
कावासोती खानेपानीको नयाँ नेतृत्वको लागि अध्यक्षमा ३ जना आकांक्षी, दुई प्यानल चुनावी मैदानमा