कावासोती खानेपानीको नयाँ नेतृत्वको लागि अध्यक्षमा ३ जना आकांक्षी, दुई प्यानल चुनावी मैदानमा


रामकुमार श्रेष्ठ
कावासोती । झण्डै सात हजार मतदाता रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा ३ जना आकांक्षी देखिएका छन् ।
बुधबार नेकपा नेतृत्वको एकल प्यानलबाट अध्यक्षमा भीम कंडेल, काँग्रेस नेतृत्वको प्यानलबाट शिवप्रसाद भट्टराई र स्वतन्त्रबाट अध्यक्षमा ओमबहादुर अधिकारीले उमेद्वारी दिएका छन् ।
बुधबार नेपाली काँग्रेस नेतृत्वले अन्य दल सहित संयुक्त प्यानल र नेकपाले एकल प्यानल दर्ता गरेको छ । उमेदवारहरु उमेद्वारी दर्ता हुनु दुई दिन अघिदेखि नै घरघर मत माग्न व्यस्त भईसकेका छन् ।
उमेदवारी दर्तासँगै कावासोती खानेपानीको निर्वाचनको माहोल झन तात्दै गएको छ ।
नेपाली काँग्रेस नेतृत्वको संयुक्त प्यानलमा अध्यक्षमा शिवप्रसाद भट्टराईले उमेद्वारी दिएका छन् ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि असार १४ गते मतदान हुँदैछ । जसका लागि शिव मा।वि।, ज्ञानोदय मावि र सहिद स्मृति माविमा मतदान केन्द्र तोकिएको छ ।
काँग्रेस नेतृत्वको प्यानलमा उपाध्यक्षमा तारादेवी दवाडी, सचिव पदमा सालिकराम ढकाल, महिला जनजाति सदस्यमा देवी गुरुङ, दलित महिला सदस्यमा राजकुमारी विश्वकर्माले उमेदवारी दिएका छन् ।




त्यसैगरी सदस्यहरुमा कावासोती २ बाट आत्मराम चापागाई, कावासोती ३ बाट केशरबहादुर थापा, कावासोती ५ बाट कुष्णबहादुर थापा, कावासोती ६ बाट गंगाधर काफ्ले, कावासोती ८ बाट लिलाधर भट्टराई र कावासोती ९ बाट कमला अर्याललाई उमेद्वार बनाइएको छ ।
त्यस्तै काँग्रेस नेतृत्वको प्यानलमा लेखा संयोजकमा मंगल लामा, सदस्यमा बालकुमार भुसाल र लेखाकै महिला सदस्यमा मीना दाहाल अधिकारीलाई उमेदवारको रुपमा अगाडि सारिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


नेकपाको प्यानलमा अध्यक्षमा भीम कंडेल, उपाध्यक्ष रमिला भुजेल, सचिवमा दिपकराज लम्सालले उमेद्वारी दिएका छन् ।
त्यस्तै जनजाति सदस्यमा लक्ष्मी गाहा मगर, दलित महिला सदस्यमा पार्वती विश्वकर्मा, सदस्यहरुमा कावासोती २ बाट गंगाप्रसाद भट्टराईृ, कावासोती ३ बाट चेतबहादुर अधिकारी, कावासोती ४ बाट प्रकाश भण्डारी, कावासोती ६ बाट ओमप्रकाश चापागाई, कावासोती ८ बाट शिवलाल चापागाई, कावासोती ९ बाट ऋषि श्रेष्ठले नेकपाको प्यानलबाट उमेद्वारी दिएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा चिन्तामणी पौडेल, लेखा महिला सदस्यमा लिला थनेत र सदस्यमा रेशम चाँपागाईले उमेद्वारी दिएका छन् ।

 




कावासोतीमा खानेपानीको चुनावी सरगर्मी बढ्यो, नेकपाको एकल प्यानल अन्य काँग्रेस नेतृत्वको संयुक्त प्यानल



सम्बन्धित
Loading...