समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन गर्न संसदीय विशेष समिति गठन

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले संसदीय छानबिनलाई सहयोग गर्ने बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो…

चन्द्रागिरी केबलकारमै अड्किए राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ। तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरी डाँडामा जाँदै थिए। विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू…

आइतबार इद, सरकारले दियो आइतबार सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।   उक्त पर्व २०७९ को असार…

लक्की ड्रको ठगी धन्दामा राजेश हमालको तस्वीर दुरुपयोग !

मंगलबार बेलुका अनामनगर बस्ने सुशील (नाम परिवर्तन)लाई ह्वाट्स एपमा एउटा म्यासेज आयो, ५० हजार अमेरिकी डलर राशीको लक्की ड्र जितेको भनेर । उक्त म्यासेजमा अभिनेता राजेश हमालको तस्वीर समेत प्रयोग छ । त्यसको केही बेरमा पुनः ह्वाट्स एप कल…

धादिङ–काठमाडौं सुरुङमार्गको प्रगति ५६ प्रतिशत

काठमाडौं – निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर…

अश्लील शीर्षक राखेर भिडियो राख्ने युट्युबर पक्राउ

नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युटुब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी…

रामेछाप बस दुर्घटना; मृतककाे संख्या १३ पुग्यो, ११ जनाको सनाखात

दाउन्ने न्यूज – रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४…

नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक…

जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय हराए

जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिकाकाे बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्। हिजाे दिउसाे ३ बजे पातारासीकाे बागजाले पाटनमा परेकाे चट्याङले ८० भेडाबाख्रा मरेकाे पातारासी गाउँपालिकाका पशु प्राविधिक हरि कामीले जानकारि दिएका…

पहिराेमा एकै परिवारका ३ जनाकाे निधन

पाँचथर, १८ असार । जिल्लाको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । परेको वडा ७ का वडाअध्यक्ष शेरबहादुर केरुङका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया…