समुह अनुसार हेर्नसहोस

स्थानीय

कावासोतीमा दुर्घटना १ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । कावासोती नगरपालिका ३ सभापति चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३९ प ९७५३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई…

कावासोतीको सिद्धार्थ आवासीय माविद्वारा जाजरकोटका भुकम्प पीडितलाई १ लाख सहयोग

रामकुमार श्रेष्ठ – कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको सिद्धार्थ आवासीय मावि कावासोतीले जाजरकोटमा गएको भुकम्प पीडितहरुका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । भुकम्पबाट प्रभावितहरुको सहयोगार्थ राहत स्वरुप…

कावासोती र मध्यविन्दु नगरपालिकाले प्लाष्टिकको फूलमाला विक्रीमा प्रतिबन्ध

रामकुमार श्रेष्ठ कावासोती । पूर्वी नवलपरासीमा रहेको कावासोती र मध्यविन्दु नगरपालिकाले तिहारमा लक्षित गरी प्लाष्टिकको फूलको माला विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । कावासोती नगरपालिकाले…

नवलपुरमा मोबाइल पसलमा आगलागी, ७०/८० लाखको क्षति

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीमा मोबाइल पसलमा आगलागी हुँदा ७०÷८० लाख बराबरको क्षति भएको छ । गएराति हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजारमा रहेको दाजुभाई मोबाइल पसलमा आगलागी भएको हो । विद्युतको तार सर्ट भई आगलागी भएको…

राष्ट्रिय जनमोर्चाको कावासोतीमा शुभकामना आदानप्रदान

कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले कावासोतीमा दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ । कावासोती ८ सभापति चोकमा आयोजना गरिएको कार्यक्रमसँगै सभापति चोकमा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ । पार्टी कार्यालय उद्घाटन तथा…

ग्रीन फाउण्डेशनको कावासोतीमा अन्तरक्रिया

कावासोती । स्थानीय तहमा वन ऐन निर्माण र वनबाट स्थानीय आदिवासी जनजातिलाई साना उद्यमी गराउने उद्देश्यले गठन भएको संस्था ग्रीन फाउण्डेशनले कावासोती नगरपालिकामा मंगलबार अन्तरक्रिया गरेको छ । कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख…

कावासोतीको नवदुर्गा मन्दिरमा दशैमा भागवत महायज्ञ गरिने

कावासोती । नवलपुरको कावासोती नगरपालिका ३ देवी चोकमा रहेको नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गर्ने भएको छ । मन्दिरको संरक्षणका लागि महायज्ञ गर्न लागिएको मंगलबार मन्दिर परिसरमा…

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन

इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन गरिएको छ । नेकपा मालेले कावासोतीमा दिपप्रज्वलन गरेको नेकपा माले नवलपुरका सचिव लोकप्रसाद काफ्लेले बताए । इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको…

नवलपरासीमा अवैध चिनी सहित पिकअप नियन्त्रणमा

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ८ भैसी बजारबाट प्रहरीले २७ क्विन्टल अवैध चिनी सहित एउटा पिकअफलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार दक्षिणबाट उत्तर…

नवलपुरमा वाइक केयर पार्टस आगलागी, ४० लाख बढीको क्षति

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा रहेको भुषण कुमार कुशहवाको वाइक केयर पार्टसमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा…