नेकपाको स्थायी समिति बैठक अनिश्चित बन्दै, भाेलिका लागि डाकिएकाे बैठक पुनःस्थगित

0

कार्तिक, ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अनिश्चित बन्दै गएकाे छ। कार्तिक १२ र १३ गतेका लागि बाेलाइएकाे बैठक पुनः स्थगित भएको हो। नेकपाको स्थायी समिति बैठक असारको तेस्रो साता बसेयता अझै बस्न सकेको छैन।




स्थायी समितिको बैठकमा छलफल हुने एजेण्डाहरु सचिवालयले तय गर्न नसक्दा स्थायी समितिको बैठक स्थगित भएकाे हो। जिल्ला, प्रदेश र जनवर्गीय संगठन एकता प्रक्रिया टुङ्ग्याउनको गत बिहीबार सचिवालयले कार्यदल बनाएको थियो ।

महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको कार्यदलले तल्लो तहबाट आएका नामलाई रुजु गरी स्थायी समितिमा पेश गर्ने बताइएको थियो।तर, स्थायी समितिको बैठकअघि सचिवालयको बैठक बस्न नसकेपछि स्थायी समितिको बैठक स्थगित भएकाे नेकपाले जनाएकाे छ ।




तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउन कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम महासचिवलाई बुझाइसकेको छ। कार्यदल र प्रदेश पदाधिकारीले बुझाएको नामावलीलाई सचिवालयको कार्यदलले अझै अन्तिम रुप दिन सकेको छैन।




सम्बन्धित
Loading...