सम्झनामा नवलपरासीका अग्रज पत्रकार

5 272







लेखकः गोपी ज्ञवाली

जिन्दगी भरी पत्रकारको रुपमा नै आफ्नो परिचय बनाएर काम गरेका मोफसलका केही पत्रकारहरुले नवलपरासीलाई कर्मथलो बनाएर काम गरेका पत्रकारहरुको विषयमा बेला बेलामा चर्चा चल्ने गरेको भए पनि यो इतिहासलाई लिपिबद्ध बनाउने विषयमा अहिलेसम्म पत्रकारहरुको नै कलम कम चल्ने गरेको पाईएको छ । नवलपरासीलाई कर्मभूमि बनाएर पत्रकारितामा स्थापित भएका एवं उदयमान रहेका केही पत्रकारहरुलाई हामीहरुले सदाका लागि गुमाउनु पुगेका छांै ।
पछिल्लो १२ वर्ष यताको मात्रै कुरा गर्ने हो भने नवलपरासीमा पत्रकारितालाई आफ्नो पेशा बनाएका वा पत्रकारितालाई आफ्नो पेशा भन्न गर्व गर्ने केही जेष्ठ पत्रकारहरु हामीले गुमाई सकेका छांै। समय परिवर्तन हुदै जाँदा पत्रकारितामा नयाँ नयाँ युवाहरुको पनि तीब्र गतिमा आगमन भएको छ र त्यही संख्यामा कतिपय पत्रकारहरुको बहिर्गमनको प्रकृया पनि चलेको छ ।
पुराना पत्रकारहरुलाई पत्रकारले नै विर्सने हो भने हाम्रो ईतिहास कसैले लेखिदिनेवाला छैन्। त्यसैले हामी भन्द जेष्ठ पत्रकारहरुको विषयमा हामीले लेख्ने र हामीहरुको हामी भन्दा पछि आउने पिढीले ईतिहास लेखिदिने संस्कृतिको विकास पनि गर्न आवश्यक छ। त्यसैले हामी विचमा नरहेको केही पुराना पत्रकारहरुको सम्झनामा अहिले कलम चलाउने जमर्को गरेको छु। त्यस्ता व्यक्तित्वको बारेमा अहिलेको अंकबाट काम शुरु गरिएको छ ।

क) कृष्ण बहादुर कार्की ः

आगोहरु निलि दिने, नदिहरु उफ्रेर नाघी दिने, पहाडहरु भत्काई दिने, समुद्री छालहरु रोकी दिन सकिन्छ भन्ने क्रान्तिकारी स्पिडका साथ खुला रुपमा पत्रकारिताको मैदानमा उत्रेका हामीहरु देशका विभिन्न स्थानमा गर्जी रहेका थियौं त्यही बेला नवलपरासीमा मेरो भेट अति उर्जावान जेष्ठ पत्रकार कृष्ण बहादुर कार्कीसंग भयो। मेरो भन्दा अझै तेज क्रान्तिकारी धारका अग्रज पत्रकार कृष्णबहादुर कार्कीसँगको भेट र सहकार्यको अवसरले मेरो क्रान्तिकारी स्पीडलाई टे«नको लिकमा हिड्न सिकाएको अहिले महसुुस गरेको छु । सबैभन्दा जेठो उमेरका स्पष्ट र प्रष्ट बक्ताको परिचय बनाएका जिल्लामा सुपरिचित जेष्ठ पत्रकार कृष्णबहादुर कार्कीसँग मैले केही समय गरेको सहकार्यले मैले धेरै कुरा सिक्ने मौका पाएकोमा गौरवान्वित व्यक्त गरेको छु ।
२०६५/६६ तिरको घटना हुनु पर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापनको जिल्ला स्तरीय गोष्ठी शुरु हुदै थियो। अगाडी लगाइएको व्यानरमा जिल्ला दैवी प्रकोप उद्वार समिति लेखिएको थियो । पत्रकार महासंघमा अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार कृष्ण बहादुर कार्कीले यो दैविक भएन, विपद् ल्याउने देवताले होइन प्रकृतिले हो त्यसैले दैविकको ठाँउमा प्राकृतिक प्रकोप व्यवस्थापन समिति लेख्नुपर्दछ भन्दै कार्यक्रम विरोध गरे पछि कार्यक्रमको व्यानर नै फेराएको अहिले पनि मलाई खुब सम्झना छ । बोल्नमा प्रष्ट र हक्की बक्ताको रुपमा परिचय बनाएका अग्रज पत्रकार कृष्ण बहादुर कार्कीले वैधानिक रुपमा संघर्ष गर्ने प्रकृया, संघर्ष गर्ने तरिका हामी युवाहरुलाई सिकाउनु भएको आज पनि खुब सम्झना रहेको छ ।
बुटवलबाट प्रकाशित लुम्बिनी दैनिक पत्रिकामा जोडिनु भएका हक्की र प्रष्ट वक्ता भएका कारण अग्रज पत्रकार कृष्ण बहादुर कार्कीलाई जिल्ला देखि केन्द्रसम्म सुपरिचित हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ नवलपरासीको दुई पटक अध्यक्ष हुनु भएका कृष्ण बहादुर कार्कीले आफ्नो पहिलो कार्यकालमा देशकै पहिलो भवनको रुपमा नेपाल पत्रकार महासंघ नवलपरासीको भवन बनाउनु भएको थियो ।
क्रान्तिकारी पत्रकारको नवलपरासीको भेलाको संयोजक म भएको भए पनि पहिलो अध्यक्ष कृष्ण बहादुर कार्कीलाई चुनिएको थियो ।
वहाँ महासंघको अध्यक्ष भए पछि कार्यवाहक अध्यक्षको जिम्मा मैले काम गरेको थिएँ। जेष्ठ पत्रकार कृष्ण बहादुर कार्कीसंगको सहकार्यको अवसरले मलाई धेरै कुरा सिक्ने मौका प्राप्त भएको थियो। परासीको गतिशिल पत्रकारको रुपमा रहदा रहदै अग्रज पत्रकार कृष्णबहादुर कार्कीको २०६९ मा भएको देहावसानले हामीलाई अत्यन्तै दुिख तुल्याएको छ ।

ख) महासंघका संस्थापक सदस्य पत्रकार महेश थापा ः

यसैगरी हामी नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सदस्य महेश थापाज्यूलाई पनि हामीले गुमाउन पुगेका छांै । बयोवृद्घ अवस्थासम्म पनि पत्रकारितामा सक्रिय जेष्ठ पत्रकार स्पष्ट वक्ताको रुपमा हुनुहुुन्थ्यो ।
जेष्ठ पत्रकार महेश थापाले मिशन पत्रकारहरुको महासंघमा आगमनको समयमा महासंघका अध्यक्ष कृष्णबहादुर कार्कीले महासंघमा वाई.सी.एल. भर्ने भयो भन्दै हांसो सहितको प्रतिकृया दिएको र पछि हामीहरुसंगको भेटमा होईन रहेछ कतिपय वाईसीएल भए पनि काम गर्ने खाले रहेछन् भन्दै आफ्ना स्पष्ट भनाई राखेको सम्झना रहेको छ। महेश थापा जस्ता जेष्ठ पत्रकारहरुसंगको छोटो समय भए पनि सहकार्यको अवसरले तत्कालिन हामी जस्ता युवाहरुको परिपक्कताको कसि मजबुत बनाउने अवसर प्राप्त भएको महसुस गरिएको छ ।

 

 

ग) पत्रकार महेश पन्त ः

अथाह सम्भावना बोकेका युवा पत्रकार महेश पन्तको २०६८ साउनमा भएको एक सडक दुर्घटनामा परी भएको मृत्युले ईमान्दारिताका साथ पत्रकारिता गर्ने क्षेत्रमा एउटा ठुलो क्षति भएको हामीहरुले महसुस गर्योै। रेडियो दाउन्नेको स्थापनादेखि क्रान्तिकारी पत्रकार संघले परासीमा संचालन गरेको एम्बुलेन्स संचालनको काममा र पत्रकार महासंघले बनाएको देश कै पहिलो भवनको निर्माण लगायतका काममा पत्रकार महेश पन्तको अत्यन्तै महत्वपुर्ण भुमिका हामीहरु कहिल्लै पनि विर्सन सक्दैनौ ।
युवा पत्रकार महेश पंत बुटवलबाट प्रकाशित नयां भावना पत्रिकामा आबद्घ हुनुहुन्थ्यो । आर्थिक सम्पन्नतामा रहेका पत्रकार पंतलाई पत्रकारिताबाट सम्पत्ति भन्दा पनि नाम कमाउने ईच्छा थियो र वहाँ विभिन्न सामाजिक काममा समेत संलग्न हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघको नेपालको पहिलो भवनको रुपमा नवलपरासीमा बनाइएको भवनको निर्माणको समयमा पत्रकार महेश पंतको सक्रियतालाई वरिष्ठ पत्रकार कृष्ण बहादुर कार्कीले अन्तिमसम्म सम्झी रहनु हुन्थ्यो ।

घ) युवा पत्रकार एवं गजलकार शंकर पन्थी ः

यसैबीच २०६३/६४ तिर नव उदयमान क्रान्तिकारी स्पष्ट भएका साहित्यकार शंकर पंथीको पत्रकारितामा आगमन भएको थियो। बुटवलबाट प्रकाशित नयाँ सत्ता दैनिक पत्रिकामा सुनवल समाचारदाताको रुपमा काम गर्दै गरेका पत्रकार गजलकार शंकर पंथीको पनि पत्रकारिताको सानो समयमा असामयिक निधनले हामीलाई ठूलो क्षति पु¥यायो। शंकर पंथीको रहस्यमय तरिकाबाट २०६४ भदौमा मृत्यु भयो।
प्रशासनले शंकर पंथीको घटनालाई सडक दुर्घटना भनेर समाप्त पारिदियो। उहाँको मृत्यु हुनु पूर्वको दिन र साँझ रातीसम्म स्थानीय स्तरमा राजनैतिक स्तरमा चर्काचर्की विवाद र वाइसिएल क्याम्पमा आक्रमण भएको थियो।
त्यही आक्रमणको समयको र त्यसपछि को तनावको प्रत्यक्षदर्शी थिए शंकर पंथी। बुटवलको पत्रिकामा भोलि बिहान समाचारमा पढ्नु घटनाको विवरण भन्दै वहांले कसैलाई फोन गरेको र पछि पंथी माथि सांघातिक आक्रमण भएको एक पक्षको भनाई रहेको छ । त्यही समाचार प्रकाशन नगर्न दवाब दिन वहाँ माथि आक्रमण भएको र आक्रमणका क्रममा मृत्यु भएको भनाई रहेको छ । प्रशासनले सडक दुर्घटना भनेर घटनालाई साम्य पारिदियो । (दाउन्ने साप्ताहिकबाट)

You might also like
Loading...