दुर्गा मन्दिरमा भजन प्रतियोगिता

0

कावासोती, ३० असोज । जय दुर्गा भवानी मन्दिर कावासोती ६ को आयोजनामा भएको भजन एवम् शंख ध्वनि प्रतियोगिता भएको छ ।
प्रतियोगिताको भजनतर्फ गणेश मन्दिर कावासोती ६ प्रथम र शंख ध्वनितर्फ गंगाधर न्यौपाने प्रथम भएका छन् ।
विजयदशमीको अवसरमा मन्दिरमा आयोजना भएको प्रतियोगितामा भजनतर्फ शिवालय मन्दिर द्वितीय र विकल्प भजन समूह तृतीय भएका छन् ।
त्यसैगरी शंख ध्वनिमा जगन्नाथ गौडेल द्वितीय र शशिधर सापकोटा तृतीय भएका छन् ।
विजय दशमीको अवसरमा मन्दिरमा भागवत नवाह ज्ञान कथा महोत्सवको समेत आयोजना गरिएको छ । धर्मसंस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ ज्ञान तथा कथा महोत्सव सहित प्रतियोगिता समेत आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक भरत गौडेलले बताउनु भयो ।







सम्बन्धित
Loading...