गण्डकी प्रदेश मुख्यमन्त्रीकाे संघीय सरकार र पार्टी नेतृत्वकाे अालाेचना

0 30







पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आलोचना खेप्न नसक्ने शासकले निरंकुशता निम्त्याउने भन्दै प्रधानमन्त्री केपी शर्मा आेली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकीले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले शासकले रचनात्मक आलोचनालाई स्वीकार्नुपर्ने बताए । नाम नकिटेर कडा भाषण गरेका मूख्यमन्त्री गुरुङले प्रधानमन्त्री आेलीले आलोचना सहन नसकेर काठमाडाैंमा आफूलाई भेट नदिएको र हिजो मात्रै प्रचण्डले प्रदेश सरकारका प्रमुखले आेभरटे गर्न खोजे दुर्घटना निम्तिने भन्दै अभिव्यक्ति दिएपछि गुरुङले रिसको पोको फुटाएका हुन् ।

शासकको बिल्ला भिराउदै कडा आपत्ति जनाएका उनले प्रदेश सरकारले काम गर्न नपाएको गुनासो समेत गरेका छन् । अधिकार प्रत्याजोन गर्ना संघिय सरकार हिकिचाएको भन्दै उनले सरकारलाई निरंकुसतातर्फ नजान समेत यसै भनाइबाट चेतावनी दिएका छन् ।

संघीय सरकारका मन्त्रीहरू जनताको काम भन्दा पनि व्यक्तिगत लोकप्रियताका पछाडि लागेको उनको टिप्पणी छ। ‘मन्त्रीहरू साँच्चै नै संविधान कार्यान्वयन गर्न गएको कि व्यक्तिगत पपुलारिटीका लागि ? उनले प्रतिप्रश्न गरे ।

आक्रोसित बनेका मुख्यमन्त्री गुरुङले भने, ‘चीनले ४० वर्षमा गरेको विकास १५ वर्षमा गर्छौँ भनेर भाषण पनि ठोकेका छौँ’, संघीय सरकारतर्फ लक्षित गर्दै उनले भने, ‘तर गति र मति धिमा रहेको छ।’

You might also like
Loading...