ओली सरकार असफलः सिपी गजुरेल

0 21







काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले अहिलेको सरकार असफल भएको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्र

ममा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार सफल नभएको दाबी गरे । उनले भने, – ‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन । यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन ।’

कार्यक्रममा बोल्दै उनले भने,‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दा पूर्ण रुपमा असफल भयो । यसलाई सफल भन्ने केही पनि आधार छैन ।’ ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उनले गुनासो पोखे । उनले भने,–‘त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ । दशैंअघि १२० रुपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्याे, यसमा १०० प्रतिशत मुल्यवृद्धि भएको छ ।’
नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । उ

नले भने, – ‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका दिन भयो । तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो । उहाँले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो ।’

मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरुले हिमालदेखि तराईसम्म परेड खेले । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन् । त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ ।
फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । उनले भने, – ‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन । प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपाल पनि होईन । संविधानतः ओलीको अहिले विकल्प छैन । सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन ।’

 

You might also like
Loading...