प्रचण्ड-उपेन्द्रको गोप्य भटवार्तापछि प्रदेश २ लालबाबु सरकार संकटमा

0 28







काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच गोप्य भेटवार्ता भएको छ ।

स्रोतका अनुसार बुधबार राती ९ बजेबाट सुरु भएको गोप्य बैठक ११ बजेमात्रै सकिएको थियो । प्रचण्डलाई भेट्न मन्त्री यादव उनकै निवास खुमलटारमा पुगेका थिए ।

झण्डै दुई घण्टा लामो छलफलका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको बारेमा गहन छलफल भएको स्रोतको दावी छ । केहिदिन पहिले मात्रै प्रदेश प्रमुख लगायत अन्य प्रादेशिक संरचनाका जनप्रतिनिधिलाई कडा जवाफ दिएका प्रचण्डले राउतलाई बर्खास्त गरेर अरु कुनै राष्ट्रवादी छवी भएका नेतालाई चुन्न समेत निर्देशन दिएको बुझिएको छ ।

मन्त्री यादवले यसबारे पार्टीमा आन्तरिक छलफल गरेर मात्रै भन्न सकिने जनाएपछि प्रचण्डले उनलाई हटाएर अर्को मान्छे ल्याउनुस् होइन भने हाम्रो पार्टीसंग मिलेर प्रदेश २ सरकार बनाउँ भनेपछि यसबारे छिट्टै निर्णय गरेर ठोस जवाफ फर्काउने प्रतिबद्धता जनाएर यादव फर्किएको स्रोतको दावी छ ।

You might also like
Loading...