आलु व्यापारी हत्या आरोपमा ३ जना विरुद्ध किटानी जाहेरी

0 24







शोभा जिसी ।।

नवलपरासी, ८ कात्तिक ।

पश्चिम नवलपरासीमा सोमबार राति हत्या भएका आलु व्यापारीको हत्यामा संलग्न रहेको भन्दै उनका परिवारले तिन जना विरुद्ध किटानी जाहेरी दिएको छ ।
उनीहरुले इलाका प्रहरी कार्यालय बेलाटारीमा किटानी जाहेरी दिएका हुन् । जाहेरी परेका जनक गुरुङ, नर्मदेश्वर चौहान र दिनबन्धु भन्ने ओमकार पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतापपुर गाउँपालिका वडा नं. ४ बर्दघाट पुल नजिकको बगैचामा सोमबारराति नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ निवासी गणेश सहानीको हत्या भएको थियो ।
उनीसंगै बेहोस भएर रातभर संगैरहेका भनिएका अर्का एक जना नवलपरासीकै पाल्ही नन्दन ३ निवासी ३६ बर्षीय नर्मदेश्वर चौहान घाइते थिए । घाइते भएका चौहान सहित ३ जना विरुद्ध मृतकका बुवा र भाईले किटानी जाहेरी दिएपछि ३ जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
नियन्त्रणमा लिएका ३ जनालाई नै जिल्ला प्रहरी कार्यालय परासीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन् ।

You might also like
Loading...