निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जान्छु: कट्टेल

0 42







निर्वाचन आयोगले सरकारको नेतृत्व गरेको दलको नाम नेपाल कम्यूनिष्ट पार्टी (ने क पा) लाई नै मान्यता दिएपछि त्यससँग मिल्दो नाम रहेको दलका अध्यक्षले न्याय खोज्न अदालत जाने बताएका छन्।

निर्वाचन आयोगमा ‘नेपाल कम्यूनिष्ट पार्टी’ को नाममा दर्ता रहेको दलका अध्यक्ष ऋषिराम कट्टेलले पहिले नै दर्ता रहेको आफ्नो पार्टीको नामसँग मिल्ने गरी आयोगले नयाँ पार्टी दर्ता गरिदिएको भन्दै उजुरी गरेका थिए।

तर कट्टेलको दलको नाम नेपाल कम्यूनिष्ट पार्टी, र नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको सत्ताधारी दलको नामको पछाडि कोष्ठभित्र ने क पा पनि रहेकोले कानुन अनुसार ती नाम नजुधेको ठहर निवाचन आयोगले गरेको हो।

दुई पार्टी एकता गर्ने निधोसहित सँगै चुनाव लडेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले गत जेठ महिनामा पार्टी एकतासँगै दल दर्ता गर्न जाँदा सुरुमा नेपाल कम्यूनिष्ट पार्टीको मुन्तिर धर्सो समेत राख्ने गरी दर्ता गर्न खोजेका थिए।

You might also like
Loading...