विवेकशील साझाको गण्डकी प्रदेश संयोजक बने भण्डारी

0

पोखरा  १० कात्तिक। विवेकशील साझा पार्टीले युवा व्यवसायी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजक घोषणा गरेको छ ।




शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले भण्डारीलाई माटोको टीका लगाएर पार्टीको गण्डकी प्रदेश सँयोजक घोषणा गरेका हुन् ।

भण्डारी बिग एफएमका संचालक समेत हुन् । भण्डारीले पार्टीले दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाउने बताए ।




विवेकशील साझा पार्टी अहिले संगठन विस्तारमा जुटेको छ । पार्टीले सुदूरपश्चिम, कणर्ाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकको घोषणा गरिसकेको छ । प्रदेश १ र २ मा पनि छिट्टै कार्यक्रम आयोजना हुने पार्टीले जनाएको छ ।




सम्बन्धित
Loading...