नेकपाको कावासोतीमा प्रशिक्षण

0 52







अर्जुन अविरल


कावासोती, १७ कात्तिक । पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा नेकपाका स्थायी कमिटि सदस्य बेदुराम भूषालले कम्युनिष्ट पार्टीको नीतिको पछि लागे देश छिट्टै बन्ने बताएका छन् । शनिबार नेकपाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट पार्टीको सिद्धान्त नेताको पछि लाग्ने नभई नीतिको पछि लाग्ने भएको बताउँदै नीतिको पछि लागे देश र पार्टी बन्नेमा जोड दिएका हुन् । उनले भने – नेताको पछि लाग्दा पार्टी बन्दैन र देश पनि समृद्धितिर जाँदैन ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुर शाखाको आयोजनामा शुभकामना आदानप्रदान, प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम शनिबार कावासोतीको मध्यविन्दु क्याम्पसमा भएको थियो ।
पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाका अध्यक्ष धनन्जय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता तथा निर्मल लामा स्मृति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष घनश्याम शर्मा पौडेल, केन्द्रीय सदस्यहरू तिलक महत, किशन शर्मा गैह्रे, बिक्रम अधिकारी, पूर्व सांसद कृण्ण पौडेल, मझिलाल थारू लगायतका नेताहरूले दशैंतिहार छठ नेपाल सम्वत लगायतका शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा गीत, कविता पनि वाचन गरिएको थियो ।

You might also like
Loading...