पाैडेल गुटको छुट्टै भेला, पदाधिकारी बढाउन माग गर्ने

0

काठमडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा राचन्द्र पाैडेल गुटको छुट्टै भेला सम्पन्न भएको छ।




पाैडेल निवासमा भएको भेलाले कांग्रेस केन्द्रिय सदस्यको संख्या ८५ बाट बढाएर सय कटाउने हो भने पदाधिकारी समेत थप्ने गरेर कुरा लैजाने भन्दै तयारी थालेको भेलामा सहभागी नेताहरुले जनाएका छन् ।

संस्थापन पक्षले आफूहरुलाई कमजोर पार्न महासमिति बैठक सार्दै विभिन्न खेल रचेको बुझेका नेताहरुले आफ्नो वर्चस्व कसरी कायम गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित गरेको समेत जनाइएको छ ।




भेलामा नेताहरु कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, गगन थापा, दिलेन्द्रप्रसाद बडू र रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनसहितका अन्य नेताहरु सहभागी थिए ।




सम्बन्धित
Loading...