सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट

0 33







महोत्तरी (गौशाला), २५ कात्तिक। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारका कामबाट आफू पनि सन्तुष्ट हुन नसकेको बताएका छन्। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लागिरहेका बेला सरकारका मन्त्रीले नै सरकारका कामबाट सन्तुष्ट हुन नसकेको बताएका हुन्।

महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणले गरेको ‘आम मानिस, राज्य र मिडिया’ विषयक अन्तर्क्रियामा मन्त्री पोखरेलले सरकारका कामबारे आफू पनि मूल्यांकन गरिरहेको बतए।

आफू मन्त्री भएको ९ महिना पुगेको र यसअवधिमा भएका कामको हिसाबकिताबमा आफू लागेको उनको भनाई छ। ‘के कति काम भएको छ भनेर हिसाबकिताब गरिहेको छु’, पोखरेलले भने, ‘अहिलेको काम देखेर म आफैं सन्तुष्ट छैन।’

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा बेथिति रहेको स्वीकार्दै आफू परम्परागत ढंगले नै विद्यालय चलाउने पक्षमा नरहेको बताए।

You might also like
Loading...