देउसीभैलीबाट उठेको पैसाबाट विद्यार्थीका लागि अक्षयकोष

0 28







रामु भुषाल
नवलपरासी (बर्दघाट), २५ कात्तिक ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट शाखाले देउसी भैलोबाट उठेको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट ४ बर्दघाट शाखाले आइतबार नवजीवन माध्यमिक विद्यालय बर्दघाट ४ बाढीपीडितमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेको हो ।
इन्स्योरेन्स कम्पनीका अभिकर्ताद्वारा तिहारमा खेलिएको भैलोबाट उठेको रकम विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको हो । रकक हस्तानतरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जु चालिसेको अध्यक्षता भएको थियो ।

You might also like
Loading...