बालिका करणी आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

0

धनगढी । कैलालीमा पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एकजना बृद्ध पक्राउ गरेको छ ।




शनिबार धनगढी उपमहानगरपालिका ४ घर भएकी बालिकालाई घरमा कोहि नभएको बेला करणी गरेको अभियोगमा उदयपुर जिल्लाको गाईंघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राई पक्राउ परेका हुन् ।

राई उदयपुरबाट धनगढीस्थित आफन्तको घरमा आएका थिए । राईले बालिकाको घरमा कोहि नभएको मौका छोपी करणी गरेको प्रहरीको भनाई छ ।


बालिकालाई करणी गरेको आरोपमा राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सेनाले बताए ।

बालिकाका आफन्तले प्रहरीकोमा जाहेरी दिइसकेको र बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण भई रिपोर्ट आउन बाँकी रहेको एसपी तिमिल्सेनाले जानकारी दिए ।




सम्बन्धित
Loading...