भारतको राजदूतमा निलाम्बर आचार्य सिफारिस

0 30







काठमाडौं, २५ कात्तिक । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पूर्वमन्त्री आचार्यको नाम भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

भारतका लागि नेपाली राजूदत दीपकुमार उपाध्याय प्रतिनिधिसभाको मंसिर २०७४ मा सम्पन्न निर्वाचनमा उम्मेदवार बन्न राजदूतबाट राजीनामा दिएसँगै रिक्त राजदूतमा सरकारले आचार्यको नाम सिफारिस गरेको हो । सरकारले यसअघि भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको थियो । सरकारको सो निर्णयको विरोध भएसँगै निर्णय निष्क्रिय बनेको थियो । त्यसपछि सरकारले आचार्यको नाम सिफारिस गरेको हो । आचार्य २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको मन्त्री थिए ।

You might also like
Loading...