दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना

0

नवलपरासी, कात्तिक २६ ।




दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस आज बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेकोछ । बस आफै अनियन्त्रित भएर पल्टिदा २५ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दा¨बाट काठमाण्डौका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका मध्य दा¨ घोराही उपमहानगरपालिका १५, बस्ने २८ वर्षीय होम बहादुर पोखरेल,दा¨ शान्तिनगर गाउ“पालिका एक बस्ने एक वर्षीय बालक यनुष बिक र तुलसीपुर बस्ने २४ वर्षीय लक्ष्मि बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशजनाको अवस्था मध्यम र बाह्र जनाको अवस्था सामान्य रहेको छ । घाइते मध्य १९ जनाको नया“ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।





सम्बन्धित
Loading...