राशिफल २०७५ साल कार्तिक २८ गते

0 43







ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी

मो.९८५५०४६६५८
मेष
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
वृष
आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
मिथुन
विचार सम्प्रेषण गर्न केही समय पर्खनुहोला।इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला।
कर्कट
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
सिंह
ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
कन्या
चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।
तुला
रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला।
वृश्चिक
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
धनु
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मकर
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ।
कुम्भ
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मीन
पारिवारिक जमघट प्राप्त हुनेछ।लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ।

You might also like
Loading...