निर्मला पन्तको न्यायको लागि अनिश्चितकालीन अनशन जारी क्रान्तिकारी माओवादी सेक्रेटरी सुवेदी पनि अनसनमा

0

धनन्जय अवस्थी
कञ्चनपुर, २८ कात्तिक ।





निर्मला पन्तको न्यायको लागि अनिश्चितकालीन अनशन जारी रहेको छ । अनसन शुरू गरेको ४ दिन भएको निर्मला पन्तका बुवा यज्ञराज पन्तले बताए ।
निर्मला पन्तको न्याय लागि अन्तिम अवस्थामा अनिश्चितकालीन अनशन शुरू गर्नु परेको बुवा यज्ञराज पन्तले बताए।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको ११२ दिन पुग्दा समेत हत्यारा पत्ता लागेको छैन ।
अनसनमा नागरिक समाज, राजनितक दल का नेता, बिद्यार्थी संगठन, पत्रकार महिला, व्यापारी लगायत सबै कञ्चनपुरबासीले साथ दिएका छन् ।
अनसनमा कान्तिकारी माओवादी जिल्ला सेक्रेटरी हरि सुवेदी पनि बसेका छन । सुवेदीले भने हाम्रो पहिले देखि सहयोग रहेको थियो । अझै पनि हामी निर्मला पन्तको न्यायको लागि जस्तो सुकै आन्दोलन गर्नु परे पनि तयार छौं ।
दुई तिहाइ बहुमतको सरकारले हत्यारा पत्ता लगाउन नसकेकोले यो सरकार असफल भएको उनले बताए ।
निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा आन्दोलन हुदा एक जनाको मृत्यु भएको थियो ।




सम्बन्धित
Loading...