नवलपरासी समाज जापानले मृगौला पीडितलाई एक लाख ९ हजार सहयोग पठायो

6 58







शोभा जिसी
नवलपरासी, २८ कात्तिक ।


मृगौला रोगी नवलपरासीको कावासोती नगरपालिका १२ निवासी ३६ बर्षीय गणेश सापकोटालाई आज सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नवलपरासी समाज जापानले एक लाख ९ हजार २ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत आनन्द भुसालको राहोबरमा नवलपरासी समाज जापानको यस आर्थिक संकलन अभियानका संयोजक यादव केसीका बुवा फर्सबहादुर केसीले मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रम भुसालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार रामकुमार श्रेष्ठले गरेका थिए भने दामोदर ढुंगानाले नवलपरासी समाज जापानको बारेमा जानकारी गराएका थिए ।

सापकोटालाई उनका बुवा ६३ बर्षीय कृष्णप्रसाद सापकोटाले एउटा मृगौला दिने भएपछि उनले जीवनदान पाउने पक्का त भएको छ तर खर्च जुटाउन अझै धौधौ परेको छ ।
सापकोटा भन्छन् – साढे चार लाखको हाराहारीमा खर्च भईसकेको छ, ४/५ दिनमा अप्रेशन हुने तयारी छ । अप्रेशन गर्ने दिन नै ३/४ लाख खर्च लाग्छ अझै जुट्न सकेको छैन ।
सापकोटाको अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गरिरहेका छन् । उनको स्वास्थ्य चेकअफ र खान बस्नमै साढे चार लाख खर्च भएका छ ।
उनलाई अहिलेसम्म कतारमा रहेको नवलपरासीका युवाहरुले ३० हजार नेपाली रुपैयाँ, चितवन घर भई हाल हङ्गकङ्ग बस्दै आएका कृष्ण गुरुङले एक लाख ६५ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ ।
त्यस्तै गणेश सापकोटा आफैले खोलेको फेसबुक ग्रुप एम ओ सी ग्रुपबाट एक लाख १० हजार रकम उठेको सापकोटाले बताए ।
सापकोटाको उपचारको लागि उनकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ३२०००२८२१३१० मा रकम जम्मा गर्न सकिने छ ।

You might also like
Loading...